आफ्नै श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–७, जोतपुर गमरियाका अन्दाजी २८ वर्षीय अलियास अंसारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनलाई बिहीबार दिउँसो पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रको एक होटलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गत कात्तिक १७ गते राति अंसारीले जीतपुरसिमरा उपमहानगरपालिका–२०, कञ्चनपुर निवासी आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अंसारीलाई ससुराली घरनजिकै रहेको आँपबारीमा बोलाएका थिए।
त्यहाँ घरायसी विवाद भएपछि उनले श्रीमतीको पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ। घटनामा गुल्सान गम्भीर घाइते भएकी थिइन् भने अंसारी घटनापछि फरार भएका थिए।
घाइते गुल्सानलाई उपचारका लागि सुरुमा वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगन्ज हेल्थकेयरमा लगिएको र शल्यक्रियापछि हाल उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिएका छन्।
घटनापछि फरार रहेका अंसारीलाई अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
चेक अनादर मुद्दामा प्रसौनीका वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ
बारामा अवैध मदिरा भट्टीमा प्रहरीको कारबाही, ५ हजार लिटर घरेलु मदिरा नष्ट
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन