बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटना बिहीबार साँझ करिब ५ः३५ बजे हेटौँडा–पथलैया सडकखण्डमा भएको हो। वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मकवानपुरस्थित जिल्ला अस्पताल हेटौँडा पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले साँझ ६ः३९ बजे ईसीजी परीक्षण गर्दा यादवलाई मृत घोषणा गरेका थिए।
त्यस्तै, मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल हेटौँडामै उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।











पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
चेक अनादर मुद्दामा प्रसौनीका वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ
बारामा अवैध मदिरा भट्टीमा प्रहरीको कारबाही, ५ हजार लिटर घरेलु मदिरा नष्ट
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन