बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य कार्यालयको उद्घाटनलाई लिएर भएको विरोध प्रदर्शन उग्र बनेपछि क्षेत्र तनावग्रस्त भएको छ। घटनाका क्रममा १० वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने गोली प्रहारबाट एक जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
१५ शय्याको अस्पतालमा विद्युत् जडान तथा आवश्यक पूर्वाधार निर्माणको काम पूरा नहुँदै उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध गरेका थिए। अस्पताल सञ्चालनका लागि आवश्यक संरचना र सेवा सुविधा सुनिश्चित नगरी उद्घाटन गर्न खोजिएको उनीहरूको असन्तुष्टि थियो।
उद्घाटन कार्यक्रमलाई लिएर सुरु भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि घटनास्थलमा तनाव सिर्जना भएको हो। प्रदर्शनका क्रममा मोटरसाइकलमा आगजनी भएको र गोलीसमेत प्रहार भएको जानकारी प्राप्त भएको छ ।
गोली लागेर गम्भीर घाइते भएका व्यक्तिको पहिचान तथा गोली प्रहार गर्ने व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनामा संलग्न पक्षको पहिचानसमेत खुल्न बाँकी छ।
घटनापछि फेटा गाउँपालिका–३ को अवस्था तनावपूर्ण बनेको छ। आगजनीबाट भएको क्षति, घाइतेको अवस्थालगायत घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ। घटनाबारे आधिकारिक पुष्टि पनि हुन सकेको छैन।











अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किए, १० जना घाइते
कलैया वितरण केन्द्रको आय काउन्टर सञ्चालन समय परिवर्तन, नयाँ समयतालिका सार्वजनिक
बारामा ९ किलो २०० ग्राम गाँजासहित दुई जना पक्राउ
सिर्सिया नदीमा प्रदूषण नगर्न प्रशासनको चेतावनी
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन