काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ। समसामयिक विषयमा छलफल गर्न पार्टी सचिवालय बैठक बोलाइएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा हुनेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताएका छन्।
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन