नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको पार्टीको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारी तीव्र पारेको समूहले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौंका विभिन्न स्थान बुक गरेको जनाएको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अन्य व्यवस्थापनलाई सहज बनाउन यी स्थान छनोट गरिएको जनाइएको छ।
निर्धारित योजनाअनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र र केन्द्रीय सदस्यका लागि मतदान खुलामञ्चमै सञ्चालन गरिनेछ। त्यसैगरी, पार्टीका पदाधिकारी चयन गर्न राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था मिलाइनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको खानपान व्यवस्थापनका लागि भृकुटीमण्डप परिसर प्रयोग गरिने सदस्य सचिव कार्कीले जानकारी दिएका छन्।
यस समूहले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउँदै गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिसकेको छ। निर्वाचन समितिको कार्यतालिकाअनुसार कात्तिक १५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति तोकिएको छ।











कांग्रेसका १९ पदाधिकारीको वरीयता निर्धारण, गगन थापा पहिलो स्थानमा
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
दशैं, दीपावली र छठको अवसरमा कांग्रेस बाराद्वारा शुभकामना आदानप्रदान
प्रभु साहको एआईसँग सार्वजनिक संवाद चर्चामा, मौलापुरका विकास कार्यक्रमबारे छलफल
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन