ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
असार २१ गतेदेखि सुरु हुने उक्त विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा आयोजक ओमान, नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल अटाएका छन्।










कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
एनपीएलको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ए टी–२० मान्यता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन