बझाङको बुङ्गल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशी शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका बेला भिरबाट लडेर चट्टानमा बजारिएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई उद्धार गरी हेलिकोप्टरबाट अस्पताल लैजाने तयारी गरिएको थियो। तर, उद्धारका लागि हेलिकोप्टर उड्नुअघि नै उनको मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनापछि उनको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो। आफन्तका अनुसार भिरबाट खसेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको थियो।
जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडाध्यक्ष बनेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।












बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का
आज कोजाग्रत पूर्णिमा : दसैंलाई बिदाइ गर्दै महालक्ष्मीको स्वागत, रातभर जाग्राम बस्ने परम्परा
भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जना पक्राउ
कात्तिक ११ देखि नेपालमा मौसम बदली हुने सम्भावना, सतर्क रहन आग्रह
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन