नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकटको मूल्य निर्धारण गरेको छ। लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।
क्यानका सचिव पारस खड्काका अनुसार टिकट बुकिङ बिहीबार राति ८ बजेदेखि गर्न सकिनेछ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगिताका खेल हेर्न चाहने दर्शकले निर्धारित मूल्यमा टिकट खरिद गर्न सक्नेछन्।











कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ए टी–२० मान्यता
ओमानलाई १० रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन