1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

पर्सामा मोटरसाइकल चोरीको आरोपमा बाराका युवक पक्राउ

१७६पाठक संख्या
२वास्तविक शेयर
१८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

पर्सामा मोटरसाइकल चोरीको आरोपमा बाराका युवक पक्राउ

बारा । पर्सामा मोटरसाइकल चोरी गर्ने क्रममा बाराका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकासकुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल चोरी गर्ने क्रममा चौधरी पक्राउ परेका हुन्।

वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डको छेउमा पार्किङ गरेर राखिएको मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भाग्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार आइतबार बिहान वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १०४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN