नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। खेल साँझ ५ बजे सुरु हुनेछ।
अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। तर, यी दुई टोलीबीच भएका पछिल्ला तीन खेलको नतिजा हेर्दा सुदूरपश्चिम दुई खेलमा विजयी भएको छ भने लुम्बिनीले एक खेल जितेको छ। त्यसैले उद्घाटन खेलमा सुदूरपश्चिम अघिल्लो फाइनलको हारको बदला लिने प्रयासमा हुनेछ भने लुम्बिनी जितबाटै उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ।
लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। दुवै टोलीमा अनुभवी नेपाली तथा विदेशी खेलाडी रहेकाले उद्घाटन खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।












कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
एनपीएलको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ए टी–२० मान्यता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन