नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतका खेलहरूको समय परिवर्तन गरेको छ। डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएपछि यसअघि सार्वजनिक गरिएको खेल तालिकामा केही हेरफेर गरिएको हो।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। त्यस्तै, एक दिनमा एउटा मात्रै खेल हुने अवस्थामा पनि खेल साँझ ५ बजेबाट सुरु हुने व्यवस्था गरिएको छ।
यसअघि दुई खेल हुने दिन दोस्रो खेल दिउँसो ४:३० बजे सुरु हुने तालिका थियो। एक खेल मात्रै हुने दिनको समय पनि ४:३० बजे नै निर्धारण गरिएको थियो। नयाँ व्यवस्थाअनुसार दुवै अवस्थामा खेल सुरु हुने समय ३० मिनेट पछाडि सारिएको छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।











कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
एनपीएलको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ए टी–२० मान्यता
ओमानलाई १० रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन