1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
स्कारपियो दुर्घटना

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

८६पाठक संख्या
२वास्तविक शेयर
९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

स्कारपियो  दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो बुधबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डमा अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खसेको थियो।

दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलिप कुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र बुटवलको खैरेनीमा बस्ने कुलानन्द पाण्डेको मृत्यु भएको छ। गम्भीर घाइते भएकी नीता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। प्रारम्भिक उपचारपछि छविलाल र गोमतालाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल तथा बालकृष्णलाई पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो। दुर्घटना हुनुको वास्तविक कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ७७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN