1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

कोल्हवीमा अचेत भेटिएका अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु

८४पाठक संख्या
२वास्तविक शेयर
९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

कोल्हवीमा अचेत भेटिएका अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु

बाराको कोल्हवी नगरपालिका–२, निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार दिउँसो करिब ३:२५ बजे खेतको डिलमा अचेत अवस्थामा पुरुष रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले करिब ६० देखि ६२ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो। उपचारका क्रममा साँझ ५:२० बजे उनको मृत्यु भएको हो।

मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

मृतकले सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको घाँटीमा सेतो र हरियो धर्सा भएको गम्छा थियो। दाहिने हातको नाडीमा रातो धागो र साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।

मृतकलाई चिन्ने व्यक्ति वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। जानकारी दिनका लागि १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा फोन गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN