बारा । सिम्रौनगढ नगरपालिका–६ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल, गोली तथा मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गोलागञ्ज बीओपीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज निवासी करिब ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र एक थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुशवाहालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।










ईभी भ्यान र केमिकल बोकेको ट्रक ठोक्किँदा बाराका १२ जना घाइते, एकको अवस्था गम्भीर
कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
बाराको जितपुरसिमरामा कुलोमा पुरुषको शव फेला
बारामा युवाहरूको सराहनीय पहल, च्यातिएको राष्ट्रिय झण्डा फेरेर नयाँ झण्डा फहराइयो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन