1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साह तेलीको निधन

२३८पाठक संख्या
३वास्तविक शेयर
२५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साह तेलीको निधन

सर्लाही — सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम प्रसाद साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंमा उपचारपछि घर फर्किएका उनको बुधबार बिहान निधन भएको हो।

राम प्रसाद साह तेली केही समयदेखि रुघाखोकी र ज्वरोबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं लगेर अस्पतालमा भर्ना गरिएको थियो। करिब एक सातादेखि उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर, घर फर्किने तयारीकै क्रममा बुधबार बिहान उनको निधन भएको जनाइएको छ।

नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका तेली ४ हजार ६७८ मत प्राप्त गर्दै ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

उनको निधनले परिवारजन, आफन्त तथा स्थानीयवासी शोकमा परेका छन्। अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर ब्रह्मपुरी ल्याउने तयारी गरिएको परिवारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN