नेपालको टी-२० वरियतामा दुई स्थानको सुधार आएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालको २ स्थानको सुधार आएको हो।
नेपाल १६औं स्थानबाट १४औं स्थानमा उक्लिएको छ। नेपाल लामो समयदेखि १६औं स्थानमा यथावत रहेको थियो। नेपालले आजै एशियाली खेलकुद अन्तर्गत अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
टी–२० अन्तर्राष्ट्रियको शिर्ष स्थानमा भारत रहेको छ। अफगानिस्तान आज नेपालसँग हारेपछि एक स्थान तल झरेर १०औं स्थानमा ओर्लिएको छ भने श्रीलंका नवौं स्थानमा उक्लिएको छ।










कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
एनपीएलको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ए टी–२० मान्यता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन