⚙️ व्यवस्थापन

भोटेकोशी बाढी : मृतक संख्या १,४५१ पुग्यो, ५,७०५ अझै बेपत्ता

अक्षर आकार
यो समाचार English | हिन्दी | Arabic मा पढ्नुहोस्

भोटेकोशी बाढी : मृतक संख्या १,४५१ पुग्यो, ५,७०५ अझै बेपत्ता
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसपछिको विपद्बाट हालसम्म १ हजार ४५१ जनाको मृत्यु पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ७०५ जना अझै बेपत्ता छन्। 

प्राधिकरणको पछिल्लो विवरणअनुसार मृतकमध्ये ५४५ पुरुष र ३३६ महिला छन् भने ५३० वटा मानव अङ्गसमेत फेला परेका छन्।

बाढीबाट सबैभन्दा बढी मानवीय क्षति चितवनमा ३६७, नुवाकोटमा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२ र रसुवामा २०३ जनाको भएको छ। 

उद्धार टोलीले हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरेको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत वितरण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार

👥सामाजिक