Tags : Corona Pandemic

रौतहटमा संक्रमितको संख्या घट्दै

रौतहटमा संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ। कुनै समय देशमा सबैभन्दा बढी संक्रमित रहेको रौतहटमा निको हुनेको संख्यामा वृद्धि भएको छ। संक्रमित निको हुनु र नयाँ संक्रमित पनि क्रमशः कम हुँदै जानुले जिल्लाका सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको पाइएको हो। सोमबार जिल्लामा थप संक्रमित शून्य पाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नौ सय ३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको रौतहटमा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६४ मात्र रहेको छ। सक्रिय संक्रमितमध्ये ३७ जना महिला छन्। आइसोलेसनबाट फिर्ता भएका संक्रमितको संख्या रौतहटमा एक हजार ६ सय ९० पुगिसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।Read More

वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज २१ भदौँ । वीरगञ्जमा प्लाज्मा थेरेपीबाट उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसित्यू कक्षमा उपचार गराइरहेका सर्लाहीका एक ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । भदौँ १४ गरे कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसीत्यू कक्षमा प्लाज्मा थेरेपीबाट उपचार गराइरहेका उनको आइतबार बिहान १० बजेको करिवमा मृत्यु भएको […]Read More

बर्दियाको बासगढी नगरपालिका क्षेत्र शिल

बर्दिया । बर्दियाको बासगढी नगरपालिका क्षेत्र आज विहान सोमबारदेखि पूर्णरूपमा शिल गरिएको छ । बासगढी नगरपालिका क्षेत्रमा रहेको चौधरी ग्रुपको वाईवाई चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ४२ जना कामदारमा कारोना संक्रमण देखिएपछि नगर क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विहानैदेखि नगर क्षेत्र प्रवेश गर्ने सबै नाकामा कडाइ गरिएको छ । पूर्व पश्चिम राजमार्गको बासगढी क्षेत्रमा अत्यावश्यक सवारीसाधन, खाधान्न ढुवानी, तरकारी, फलफुल, एम्बुलेन्स, सुरक्षा निकाय, लामोदुरीबाट आएका निजि सवारीसाधनवाहेक अन्यलाई रोक लगाईएको छ । समुदायमा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गरि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरि नगर शिल गरिएको प्रशासनले जनाएको छ । सोमबार २२ गतेदेखि जारी गरिएको निषेधाज्ञा २८ गतेसम्म कायम रहने बताईएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा वाहेक घरवाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । केही दिन अघि वाईवाई चाउचाउ कम्पनीमा कार्यरत दुई जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिग गर्दा आईतबार ४२ जनामा कोरोना देखिएको हो । मजदुरहरू दिनभर कारखाना..Read More

कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउँछ :

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनका क्रममा भनेका थिए, ‘मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्काे वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।’ त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए । उनले सो खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए । त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्म वा आगामी वर्षको सुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया सुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए । (Visited ..Read More

कोरोनाको उच्च जोखिममा बारा : अहिलेसम्म १८ को मृत्यु ,

कोरोना भाईरस कोभिड-१९ संक्रमितका कारण हालसम्म एक जना बालक, एक महिलासहित बारामा १८ जनाको ज्यान गएको छ । ad पछिल्लो पटक निजगढ नगरपालिका वडा नम्बर ९ का ५८ वर्षका पुरुषको शुक्रवार बिहान करिब ५ बजे मृत्यु भएको छ । बिगत चार वर्ष देखि मृगौलाका विरामी श्रेष्ठलाई सुगर समेत रहेको परिवारले बताएका छन् । उनको ३ […]Read More

पर्सा र बारामा प्रहरी र बैंकरसहित थप ४५ जनामा कोरोना

वीरगञ्ज १९ भदौं । पर्सा र बारामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो भएको परिक्षणको नतिजा गएराति आउँदा पर्सामा २६ र बारामा १९ जनागरी थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानबात आएको ५ सय ८४ जना को थ्रोट स्वाबलाई परिक्षण गर्दा नेपाल प्रहरी, सशस्त्र रहरी र बैंकरसहित थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्सामा थपिएका सङ्क्रमितमध्ये पाँच जना नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत कर्मचारी हुन् । त्यसैगरी बाराको कामना विकास बैंकको एउटा शाखाका एक कर्मचारीपनि सङ्क्रमित भएका छन् । पर्साको वीरगञ्जमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको वडा नम्बर ९,१०,१४ र २२ नम्बर वडामा दुई/दुई जना सङ्क्रमित थपिएका छन् भने वडा नम्बर ८ र १५ मा एक/एक जना र वडा नम्बर नखुलेका एक जनापनि थपिएका छन् । त्यस्तै पर्साकै कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ मा दुई जना र वडा नम्बर ५ मा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पनि एक सङ्क्रमित भेटिएका छन् । त्यस्तै बाराको निजगढ नगरपालिकामा १४ जनामा..Read More

बाराको कलैया उपमहानगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

रञ्जन यादब/ बाराको कलैया उपमहानगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको कोरोना परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता डा.अतुलेस चौरसियाले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि हुनेमा उपमहानगरपालिका वडा नं.१ का ७ जना , वडा नं.४ का ४ जना ,वडा नं.५ का तीन जना […]Read More

कोरोना कालमा बारामा ५४ जनाले गरे आत्महत्या

पछिल्लो समय आत्म हत्याका घटनाहरु बढ्दै गएका छन् । आत्म हत्याका घटना नेपालमा मात्रै नभएर विश्व भरि नैं हुने गरेका छन् । त्यसो त कोरोना संक्रमण सँगै लकडाउनको अवधिमा पनि आत्म हत्याका घटनामा कमी आएको छैन । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नेपाल सरकारले मुलुक लकडाउन गरेको अवस्था छ । यो […]Read More

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

१४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।Read More