अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण

काठमाडौं – अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ३० लाख ६२ हजार ६७ जनामध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३५ हजार नाघेको छ । The post अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण appeared first on Sagarmatha TV.Read More

काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ६

काठमाडौँ– काठमाडौँको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिवस अधिकारी, रवी मगरसहित ६ जना छन् । उनीहरुको अरू विवरण खुलाईएको छैन । घटनामा संलग्न भएका भनिएका अरू २ जना फरार रहेकाले खोजी जारी रहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ । युवतीको विषयमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । The post काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ appeared first on Sagarmatha TV.Read More

क्लिन फिड दुई हप्ताभित्र पूर्ण कार्यान्वयन

काठमाडौँ – बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित ९क्लिन फिड० कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए । सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धु्रव शर्माले जानकारी दिए । ‘‘अहिले केही मुख्य च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा रहेकाले १५ दिनभित्र यसको ..Read More

केन्द्रले सतर्कता अपनाउदा कोरोना अहिलेसम्म नियन्त्रणमा छः प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले कोरोना महामारी नियन्त्रणमा केन्द्र सरकार सफल रहेको बताएका छन् । आज रौतहटको कटहरिया नगरपालिका–७, बगहीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा बोल्दै सांसद साहले केन्द्र सरकार समयमा सतर्कता अपनाएकोले देशमा कोरोना महामारीमाथि नियन्त्रण कायम भएको बताए । नेकपा प्रदेश २ का अध्यक्ष […]Read More

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित कार्यक्रमलाई बिथोल्न खोजेकालाई स्थानीयले निस्तेज गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउन र खुला सभा सम्मेलन गर्न नदिन षडयन्त्र गर्नेहरु राजावादी भुत रहेको भन्दै मर्यादपुरका स्थानीयले प्रतिकार गरेका हुन् । […]Read More

कोरानाको नयाँ रेकर्ड एकैदिन ५ हजार ७४३ संक्रमित, २६ को

पुष्कर खतिवडा काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको सबैभन्दा बढि असर देखिएको छ । नेपालमा एकैदिन पहिलो पटक २६ कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको बुधबार पहिलो पटक हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा समेत रेकर्ड कायम भएको छ । बुधबार नेपालमा एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यति धेरै संख्यामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा यतिधेरै संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । भिडियो रिपोर्ट हेर्नुहोस् : त्यसैगरी काठमाडौं उपत्यकामा मात्र बुधबार एकैदिन ३ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुर..Read More

कैलाली असई हत्या प्रकरण: ‘घुस खाएको भए ज्यान जान्थेन’

दिलबहादुर छत्याल/पुष्पराज जोशी कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख गाउँका गरिब र भूमिहीन परिवारमा जन्मेका थिए गोविन्द विक। बाल्यकालमै बुबा गुमाएका गोविन्द परिवारका माहिला सन्तान हुन्। उनी पढाईमा अब्बल र क्षमतावान् भएकाले उनका दुई भाइले मजदुरी गरेर गोविन्दलाई पढाए। भूमिहीन र सामान्य परिवारका लागि प्रहरी सहायक निरीक्षकको जागिर आफैमा सपना थियो। तर, गोविन्दले विविएस पूरा गरेर त्यो सपना पूरा गरे। २०७४ असार ६ गते उनको भर्नासँगै परिवारमा खुसी छायो। तर, त्यो खुसी धेरै समय टिक्न सकेन। सीमा क्षेत्रमा तस्करी रोक्न खोज्दा उनले सीमा क्षेत्रमै तस्करद्वारा घाँटी रेटेर हत्याको नियती भोग्नु प¥यो। १२ जनाको परिवारको एक्लो साहारा र भरोसा रहेका गोविन्दको अवसानसँगै भूमिहीन परिवारका सपना र खुसीहरु एकैसाथ चुँडिए। ‘तीन भाइ मध्येको सबैभन्दा क्षमतावान र अब्बल भएकाले गोविन्दलाई पढाउनमै पूरै परिवार मजदुरीमा होमियो,’ गोविन्दका जेठा दाजु रमेश बिकले भने,‘अब सुखका दिन आए भन्ने सोचेका थियौँ, तर हाम्रो साहारा नै खोसियो।’ दुई कठ्ठा ऐलानी जमिनमा सानो छाप्रो बनाएका गोविन्दका दाजु, भाउजू, आमा, भाइ र श्रीमती तथा छोराछोरीहरु ..Read More

क–कसले पाउँछ निःशुल्क कोरोना उपचार ?

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो। केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्यक्ति, असहाय एकल महिला, वृद्धवृद्धा र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुले निःशुल्क सेवा पाउनेछन्। निःशुल्क उपचार पाउनका लागि यी सूचीका व्यक्तिहरुले अस्पतालमा प्रमाण पत्र वा आफू कार्यरत कार्यालयको सिफारिस अनिवार्य पेस गर्नुपर्ने छ। सूचनमा निःशुल्क सेवा पाउने व्यक्तिले कुनै वीमा कम्पनी बाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोर्नु पर्ने उल्लेख छ।Read More

जोखिम बढ्न सक्ने भन्दै गृहमन्त्रालयबाट आयो यस्तो निर्देशन

काठमाडौं । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ । जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हातधुने व..Read More

ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मा छन् । नातामा उनीहरु दाजुभाई (काका, ठूलो बुबाको छोरा) हुन् । लुकिछिपी ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई प्रहरीले शनिबार साँझ सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट पक्राउ गरेको थियो । स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायक उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा शर्मा दाजुभाईलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । प्रहरीले शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरी राखिएको १०/१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । जिल्लामा पहिलो पटक ब्राउन सुगरका कारोवारी पक्राउ परेको प्रहरी ..Read More