1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
दुई बंगलादेशीलाई मृत्युदण्ड

साउदी अरेबियामा दुई बंगलादेशीलाई मृत्युदण्ड, ढाकाले माग्यो स्पष्टीकरण

१४६पाठक संख्या
२वास्तविक शेयर
१५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

साउदी अरेबियामा दुई बंगलादेशीलाई मृत्युदण्ड, ढाकाले माग्यो स्पष्टीकरण

साउदी अरेबियाले मक्का क्षेत्रको एक मस्जिदभित्र ‘अनैतिक कार्य’ गरेको आरोपमा दोषी ठहर गरिएका दुई बंगलादेशी नागरिकलाई अक्टोबर १४ मा मृत्युदण्ड दिएको छ। मृत्युदण्ड दिइएका एक पुरुष र एक महिला रहेको साउदी अधिकारीहरूले जनाएका छन्। तर उनीहरूले गरेको भनिएको कार्यको स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

साउदी गृह मन्त्रालयका अनुसार अनुसन्धानपछि दुवैलाई अदालतमा पेस गरिएको थियो। अदालतले इस्लामिक कानुनअन्तर्गत न्यायाधीशको विवेकमा सजाय निर्धारण हुने ‘ताजिर’ व्यवस्थाअनुसार मृत्युदण्ड सुनाएको र आवश्यक न्यायिक प्रक्रिया पूरा भएपछि शाही आदेशमार्फत सजाय कार्यान्वयन गरिएको जनाएको छ।

मृत्युदण्डअघि जानकारी नदिइएको भन्दै बंगलादेशको चासो

आफ्ना दुई नागरिकलाई मृत्युदण्ड दिइएको विषयमा बंगलादेशले साउदी अरेबियासँग स्पष्टीकरण मागेको छ। जेद्दास्थित बंगलादेशी कन्सुलेटले मृत्युदण्डअघि आफूलाई जानकारी नदिइएको जनाएको छ। बंगलादेशले घटनाबारे औपचारिक विवरण माग्दै कूटनीतिक पत्र पठाउनुका साथै अदालतको फैसला र मुद्दाको प्रक्रियासम्बन्धी कागजात उपलब्ध गराउन आग्रह गरेको छ।

दुवैलाई आफ्नो बचाउ गर्ने पर्याप्त अवसर दिइएको थियो कि थिएन भन्ने विषयमा पनि बंगलादेशले जानकारी मागेको छ। साउदी अधिकारीहरूले आरोपको विस्तृत विवरण र मुद्दाको प्रक्रियाबारे सार्वजनिक रूपमा पर्याप्त जानकारी नदिएकाले घटनाका धेरै पक्ष अझै स्पष्ट हुन सकेका छैनन्।

बंगलादेश सरकारले आधिकारिक कागजात प्राप्त भएपछि घटनाको मूल्याङ्कन गरी आवश्यक कूटनीतिक कदमबारे निर्णय गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN