नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको छ।
बुधबार २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ। त्यस्तै, अघिल्लो दिन ४ हजार २५५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ।
बिहीबारको मूल्यअनुसार एक तोला सुन किन्न अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँ कम खर्च गरे पुग्ने भएको छ। चाँदी खरिद गर्नेले पनि प्रतितोला २२० रुपैयाँ कम तिर्नुपर्नेछ।










शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि
४.१२ अंकले बढेर २५९९ को विन्दुमा, ४ अर्ब ७३ करोडको कारोबार
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन