काठमाडौंको कलंकीमा भएको कुटपिटमा परी १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार अपराह्न आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए।
कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।











भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जना पक्राउ
भिरबाट लडेर वडाध्यक्षको मृत्यु
कात्तिक ११ देखि नेपालमा मौसम बदली हुने सम्भावना, सतर्क रहन आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एनडीटीभी विश्व सम्मेलनमा सहभागी हुन नयाँदिल्लीमा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन