बारामा मालपोत कार्यालयका ११ जनासहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

 बारामा मालपोत कार्यालयका ११ जनासहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज २८ असोज । बारा जिल्लाको कलैयास्थित मालपोत कार्यालयमा ११ जनासहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति बारा जिल्लाबाट आएको ३४ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मालोपोत कार्यालयमा केहि दिन आगाडी भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसीङ गर्दा ११ जना संक्रमित भेटिएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।

उनले थपिएका अन्य संक्रमितमध्ये जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ बाट दुई जना, कलैया उपमहानगरपालिका वडा नम्बर १ का एक जना, करैयामाई गाउँपालिका र पर्सौनी गाउँपालिका एक/एक जना संक्रमित थपिएको बताए ।

The post बारामा मालपोत कार्यालयका ११ जनासहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया