वीरगञ्जमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

 वीरगञ्जमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज १५ असोज । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा एकै दिन २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा बुधबार राति पर्सा, बारा, रौतहट र सर्लाहीको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साको वीरगञ्जमा २४ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार वीरगञ्जको वडा नम्बर १३ र १४ मा चार/चार जना, वडा नम्बर २ र १६ मा दुई/दुई जना र त्यसैगरी वडा नम्बर ४, ११, १२, १५, १९ र २४ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमितको वडा खुल्न सकेको छैन ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग वीशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले थपिएका अन्य संक्रमितमध्ये बारा तिन जना, रौतहटका दुई जना र सर्लाहीका एक जना रहेका छन् ।

बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र पर्सौनी गाउँपालिकामा एक/एक जना, रौतहटको कटहरियाका एक र फतुवा विजयपुर नगरपालिका एक जना र रौतहटको बस्बरिया गाउँपालिकामा एक जना संक्रमित थपिएको डाक्टर चौरसियाले जानकारी दिए ।

दश जना महिलासहित थापिएका संक्रमितहरुमा ९ वर्षीय बालकसहित ६९ वर्षीय वृद्धिसमेत रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए ।

पछिल्लो समय घटिरहेको संक्रमितहरुको संख्या फेरी बढ्न थालेको छ ।

The post वीरगञ्जमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया