रौतहटको हिरासतमा महिलाको मृत्यु

१५ असोज, रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।

गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् । कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार सा“झ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।

प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेको बताएको छ । हिरासतमा हुँदा पनि उनलाई छारेरोगले च्यापेर दुई पटक बेहोस भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको बताएका छन् ।

यसअघि गत साउनमा पनि गरुडास्थित प्रहरी कार्यालयको हिरासतमा एक युवकको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले आन्दोलन गरेका थिए ।

हिरासतमा उनलाई यातना दिएको खुलेपछि रौतहटका प्रहरी अधिकारीहरु पनि अनुसन्धानमा तानिएका थिए ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Online Khabar

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया