आर्मी जवान र स्वास्थ्यकर्मीसहित पर्सामा थपिए १२ कोरोना संक्रमित

 आर्मी जवान र स्वास्थ्यकर्मीसहित पर्सामा थपिए १२ कोरोना संक्रमित

वीरगञ्ज १४ असोज । पर्सामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा मंगलबार राति पर्साका १ सय २९ जनाको परिक्षण गर्दा नारायणी अस्पतालको क्वाटरमा बस्ने एक जना स्वास्थ्यकर्मी, वीरगञ्ज घण्टाघर नैजिकै रहेको आर्मी ब्यारेकका ४ जना आर्मी जवानसहित थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पर्सामा संक्रमण पुष्टि भएका अन्य सबै वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार र वडा नम्बर ६, ११ र १५ मा एक/एक जना संक्रमित थपिएका छन् ।

त्यसैगरी छिमेकी जिल्ला बारामापनि पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये बारागढी गाउँपालिका वडा नम्बर १ र ४ मा एक/एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना र परवानीपुर गाउँपालिकामा एक जनागरी पाँच जनामा रहेका छन् ।

अस्पतालमा गरिएको परिक्षणमा एक/एक जना मकवानपूर र रामेछापका बासिन्दामा पनि संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए ।

उनले थपिएका संक्रमितहरु १७ देखि ५५ वर्ष उमेर समूहका रहेको र उनीहरुको सिटि भ्यालु १७ देखि ३१ सम्म रहेको जानकारी दिए ।

The post आर्मी जवान र स्वास्थ्यकर्मीसहित पर्सामा थपिए १२ कोरोना संक्रमित appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया