कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ९१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ। यस्तै देशभर १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्।

अहिलेसम्म कुल ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Nagarik News

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया