नेपालमा बुधबार थप ११७२ जनामा कोरोना, सात जनाको मृत्यु, १८९३ डिष्चार्ज

 नेपालमा बुधबार थप ११७२ जनामा कोरोना, सात जनाको मृत्यु, १८९३ डिष्चार्ज
नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १७४१४ जना रहेका छन् । बुधबार १८९३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ४९९५४ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया