शहिद यादवको ३५ औ स्मृतिमा वृक्षारोपण

 शहिद यादवको ३५ औ स्मृतिमा वृक्षारोपण

बारामा शहिदको सम्झनामा बृक्षारोपण गरिएको छ । प्रसौनी गाउपालिका वडा नम्वर १ श्री ज्ञान ज्योति प्राथमिक विधालयको प्रङ्गणमा शहिद सुर्यनाथ राय यादवको ३५ औ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी प्रसौनीको आयोजनामा शहिद यादवको सम्झनामा वृक्षारोपण गरिएको प्रदेश सभाका प्रत्यासी उम्मेदवार उमेश कुहवाहाले जानकारी गराएका छन् ।

वृक्षारोपणको प्रमुख अतिथि समेत रहेका कुशवाहाले शहिद यादवले पार्टी प्रति गरेको योगदानको चर्चा समेत गरेका थिए । पार्टी विधि विधानको परिधी भित्र रहेर चल्ने भएकोले सवै जनाले यसलाई पालना गर्न आग्रह समेत गरेका थिए ।

शहिद यादव पार्टीको विधानले चलेकोले नै आज उनको स्वर्गरोहण पछि पनि हामी उनलाई सम्झने गरेका छौ । उनि नभएपनि हामी विच एक सच्च अमर शहिद भएर रहिरहने उनले बताए । कार्यक्रमको अध्यक्षता नेकपा प्रसौनीका अध्यक्ष बिनोद पटेल सहभागी नेकपा नेता याकुप अन्सारी, सन्तोस साह, तेज नाथ पटेल, नरेश मन्ड्ल, लाल बाबू मुखिया बिन, .प्रभु दास, ललिन्द्र पटेल लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया