सिन्धुपाल्चोक केन्द्र भएर आज बिहानै ६ सेक्टर स्केलको  भूकम्प

 सिन्धुपाल्चोक केन्द्र भएर आज बिहानै ६ सेक्टर स्केलको  भूकम्प

काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु ६ सेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial

— NSC, Nepal (@NepalNsc) September 15, 2020

The post सिन्धुपाल्चोक केन्द्र भएर आज बिहानै ६ सेक्टर स्केलको भूकम्प appeared first on Sagarmatha TV.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Sagarmatha TV

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया