वीरगञ्जमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

 वीरगञ्जमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

वीरगञ्ज ३० भदौँ । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

अस्पतालको आइसियू कक्षमा उपचाररत दुमरबाना-१४ बाराकी ५५ वर्षीया महिलाको सोमबार राति ७:१५ मा मृत्यु भएको नारायणी अस्पतालका कोरोना फोकल पर्सन डा.अतुलेश चौरासियाले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेह रोगी महिलालाई स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । अस्पातलमा उनलाई आइसियूमा राखेर उपचार गरिए पनि उनको ज्यान बचाउन नसकिएको डा. चौरसियाले बताए ।

उनको जिन एक्सपर्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको डा.चौरासियाले जानकारी दिए ।

The post वीरगञ्जमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया