परवानीपुरका युवकको सडक दुर्घटनामा मृत्यु

 परवानीपुरका युवकको  सडक दुर्घटनामा मृत्यु

वीरगञ्ज २९ भदौं । नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक सोमबार बिहान इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक एकापसमा ठाक्किएका थिए। ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो।

अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनीहरुको अवस्था सामान्य रहेको छ।

The post परवानीपुरका युवकको सडक दुर्घटनामा मृत्यु appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया