लकडाउनको प्रभाव : केरा जोनका केरा खेतबारी मैं कुहिए

 लकडाउनको प्रभाव : केरा जोनका केरा खेतबारी मैं कुहिए

कोरोना प्रभाव पछि जारी लकडाउन र निषेधाज्ञाका कारण कैलाली, बाराका केरा किसान समस्यामा परेका छन् ।

गत चैत्र ११ गते देखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् ।

कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किसानहरु समस्यामा परेका हुन् ।

देश लकडाउनमा परे पछि बाराका केरा किसानका केरा बारीमा नैं कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाए पछि बारी मैं सड्न थालेको हो ।

गत चैत देखि नैं स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुँन सकेको छैन् । कहिले सवारी साधनमा जोर बिजोर प्रणली लागु हुँने गरेको छ, त कहिले खाने कुराबाट कोरोनाको संक्रमण फैलिन्छ भन्ने हल्लाका कारण स्थानीय उत्पादनले बजार नपाएको हो ।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आशमा लगानी गरेका बारा निजगढका केरा उत्पादक किसान अहिले निराश बनेका छन् ।

केरा व्लकबाट बिकसित हुँदै केरा जोनमा आई पुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीका केरा खेतबारी मैं कुहिन थालेको छ ।

खेतबारी बाटै प्रति कोषा ५ रूपियाँमा बिक्री हुँदै आएको केरा बिगत लामो समय देखि चलेको लगडाउनले प्रति कोसा १ रुपियाँ पनि मुल्य नपाए पछि केरा खेतबारी मैं कुहिन थालेको हो ।

नगदे बाली उँखु खेति गर्दै आएका बाराका किसानलाई चिनीमीलहरुले समयमा भुक्तानी नदिए पछि पछिल्लो समय पेशा परिवर्तन गर्दै केरा खेति तर्फ आकार्षित हुँदै आएका थिए ।

निजगढ नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाए पछि बस्तु भाउलाई खुवाउन थालेका छन् । निजगढ नगरपालिका वडा नं.९ की लक्ष्मि खरेलले मुल्य नपाए पछि गाई बस्तुलाई केरा खुवाउँन थालेको बताईन् ।

अघिल्ला वर्षमा यो सिजन केराबारी वरपर गाडीका लाईन लाग्थे, अहिले भने सुनसान छ । यही हिउद र वर्षामा आएको हावा हुरीको नोक्सानी र लामो समयको लगडाउनले निम्त्याएको यो महामारीले निजगढका केरा व्यावसायी उठ्न नसक्ने अवस्थामा पुगेका छन् ।

केराले मुल्या नपाए पछि व्यावसायीका केरा खेतबारी मैं कुहिएका छन् । भने केहिले आफ्ना बस्तु भाउलाई खुवाउँने गरेको अर्का किसान बद्री प्रसाद चिमरियाले बताए ।

यता निजगढ नगरपालिकाले बिभिन्न कारणले निम्त्याएको यो बिपतबाट किसानहरुको मनोवल गिर्न नदिनका लागि प्रदेश , केन्द्र सरकारसँग राहतका निम्ति पहल गर्न निजगढ नगरपालिकाले जनाएको छ ।

यता निजगढ नगरपालिका केरा व्लकबाट बिकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा यहाँका किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाए पछि चिन्तीत बनेका हुन् ।

अन्य बालीको तुलनामा केरा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुँने गरेको किसानहरु बताउँ छन् । केरा व्यापारीहरुले खेत बारी मैं आएर उत्पादन उठाई दिने र हातोहात नगद पाइँने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया