काेराेना कहरका कारण गरिब र सुकुम्बासी बढी पिडामा , गाउँपालिकाले राहत नैं दिदैन

 काेराेना कहरका कारण गरिब र सुकुम्बासी बढी पिडामा , गाउँपालिकाले राहत नैं दिदैन

कोरोना भाइरस सङ्क्रमणको त्रास र लकडाउनको अवस्था । त्यसो त हुँनेले दैनिक उपभोग्य सामान जोहो गरेर घरैमा सुरक्षित बसेका होलान् र जो नहुँने छन् , दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् , भने उनीहरूको दैनिक जिउने जीवन शैली भने सकस बन्दै गएको छ ।

जस्ले रिक्सा , ठेला ज्याला मजदुरी गरेर दैनिक कमाईबाट परिवारको भोको पेट भरिरहेका छन् , उनीहरूको घरमा चुलो बल्न छोडिसकेको छ । भने उनीहरूले काम गर्न पाएका छैनन् ।

बिश्रामपुर गाउँपालिकाका सुकुम्बासीहरुको हालत अहिले निकै कष्टकर छ । न खानलाई रासन छ , न गर्नलाई काम नैं । अनि नगरी काम छैन खानलाई माम अनि स्थानीय तहले पनि कुँनै पहल नैं गरिदिएन ।

बिश्रामपुर गाउँपालिका वडा नं.३ की हृदय देबी यादवको मात्र होईन छिमेकीको घरमा पनि खाद्यान्न सकिन छैन , पसलबाट सधैं उधारो ल्याउँन असजिलो हुँने भए पछि यादवलाई चुलो बाल्ने चिन्ता छ ।

कमाई गर्न निषेधाज्ञाका कारण कहीँ जान सकिदैन यता गाउँपालिकाले राहत नैं दिदैन अहिले खानाको जोहो गर्न निकै समस्या भएको यादवले बताईन् ।

यादवलाई जस्तै गाउँकी निर्जा देबीको पीडा पनि उस्तै छ । खर्च र खाद्यान्न सकिए पछि दुई छोराछोरी र बिरासम सासुलाई खाना खुवाउँन समस्यामा परेको बताईन् ।

उनि आँफु समेत बिरामी छिन् र पटक पटक गाउँपालिकासँग राहतको आशा लिएर गए पनि खाली हात फर्कनु परेको बताउँ छिन् ।

गाउँका प्राय सुकुम्बासीहरुको हालत यस्तै रहेको छ । लकडाउन अघि गाउँका विकास निर्माणका काम गर्दै ज्यालाबाट आएको कमाईले छोराछोरी र परिवारलाई खाना दिने काम भएकाेमा अहिले समस्या भएको छ ।

बिश्रामपुर गाउँपालिकामा रहेको सुकुम्बासीहरु मध्ये करिब २५ घरको चुलो निभिसकोको छ । दैनिक मजदुरी गरेर छाक टार्ने र बर्सेनी भारत गएर कमाई गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने यहाँका सुकुम्बासी र दलित समुदायको बाध्यता हो ।

घरमा भएको रासन चैत मैं सकियो , गाउँपालिकाले एक चाेटी दिएको राहत चैतमा नैं सकियो फेरि कहिल्यै राहत नैं दिएन , लकडाउन हुँदा सुकुम्बासी परिवार समस्यामा परेका छन् ।

राहत कसका लागि आएको हो ? २/३ विघा जग्गा भएको व्यक्तिलाई राहत दिईएको छ । तर , गरिब परिवारलाई छोडिएको छ , यो कहाँको न्याय हो ? यो सरासर अन्याय हो , सर्वदलीय संयन्त्र , वडाध्यक्ष र गाउँपालिका अध्यक्षको बदमासी रहेको स्थानीय सुकुम्बासीले बताए ।

लकडाउनको अवधिमा खाद्यान्न अभावमा छाक टार्न समस्या हुँने विपन्न परिवारलाई वितरणका लागि प्रदेश सरकारले दिएको १५ लाख रुपैंयाँको कार्य विधि मिच्दै मनोमानी ढंङ्गले पालिकाहरुले राहत बाँडेको छ ।

गाउँपालिकामा कर्मचारीको अभाव रहेको भन्दै गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले गाउँपालिका भरमा करिब ४ सय २५ जना सुकुम्बासी भएको अाँफुलाई थाहा भएको बताउँदै तत्काल राहत वितरण नगर्ने बताए ।

लकडाउनको समस्याले आहतमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्यो तर , राहतको नाममा धनी वर्गको परिवारलाई राहत दिए पनि गरिब विपन्न परिवारलाई आहत पुर्याएको छ ।

दैनिक मजदुरी गरेर परिवार पाल्दै आएको सुकुम्बासीहरुलाई गाउँपालिकाले दिने राहतको थोरै आस थियो । तर , गाउँपालिकाले राहत नदिए पछि आशा निराशामा परिणत भएको छ ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया