धनुषामा थप एक जना कोरानो संक्रमितको मृत्यु

 धनुषामा थप एक जना कोरानो संक्रमितको मृत्यु

धनुषा – धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार गरिदैं आइएको थियो। ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो।

शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए।

The post धनुषामा थप एक जना कोरानो संक्रमितको मृत्यु appeared first on Sagarmatha TV.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Sagarmatha TV

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया