क्यान बाराद्धारा आयोजित रंक्तदान कार्यक्रममा ३ महिला सहित ६३ जनाले गरे रक्तदान

 क्यान बाराद्धारा आयोजित रंक्तदान कार्यक्रममा ३ महिला सहित ६३ जनाले गरे रक्तदान

बाराको कलैया स्थित भरत चौकमा शनिबार क्यान बाराले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्यान बाराका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ३ जना महिला सहित ६३ जनाले रक्तदान गरेको क्यान बाराका सचिव संजय केशरीले बताए ।

बिश्व महामारी कोरोना भाइरस र लाँकडाउनका कारण बिरंगज स्थित ब्लड बैंकमा रगतको चरम अभाव देखिएपछि सबै सावधानी अपनाएर रक्तदान कार्यक्रमको आयोजना गर्नु गरेको क्यान बाराका अध्यक्ष गण्ोश शर्माले बताए ।

कार्यक्रममा बारा क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य पारस साह, क्यान बाराका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया