ज्यानमारा निषेधाज्ञा : छाक टार्न नसकेपछि वीरगञ्जमा युवकले गरे आत्महत्या

 ज्यानमारा निषेधाज्ञा : छाक टार्न नसकेपछि वीरगञ्जमा युवकले गरे आत्महत्या

वीरगञ्ज २६ भदौं । लामो समयदेखि चलिरहेको निषेधाज्ञा र लकडाउनका कारण दुई छाक टार्न समस्यामा परेका एक युवकले आत्महत्या गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवास्थित मुसहर बस्तिका सतन माझिलाई दुई छाक टार्न समस्या भएपछि आत्महत्या गरेका हुन् । माझिले बिहिबार राति विष सेवन गरेका थिए ।

उनको वीरगञ्ज छपकैयास्थित नेपाल इण्डो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले विष सेवन गरेपछि परिवारका सदस्यले उनलाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए ।

उपचार गर्ने क्रममा उनले बिहान ३ बजे ज्यान गुमाएको सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका सचिव दिलिप प्रधानले जानकारी दिए ।

वीरगञ्जमा पछिल्लो ५० दिनदेखि लागेको निषेधाज्ञाका कारण काम काज ठप्प भएपछि माझिको परिवार समस्यामा परेको थियो । दैनिक ज्यालादारी गरेर आफ्नो जिवकोपार्जन गर्ने गरेका माझीको आम्दानीको स्रोत नभएका कारण गाह्रो भएपछि उनले तनावमा आएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

परिवारसँग खानासम्मको पैसासमेत नभएपछि अस्पतालले उपचारमा ९ हजार २ सय रुपैंयाको बिल मिनाहा गरेको छ । मृतक माझीका दुईजना ससाना छोराछोरी छन् ।

विगत ५० दिनदेखि वीरगञ्जमा चलिरहेको निषेधाज्ञाका कारण कामकाज ठप्प हुँदा हजारौं परिवार समस्यामा परेका छन् । संघदेखि प्रदेश सरकारसम्मले राहत यस्ता समस्यामा परेका परिवारहरुको लागि कुनै आवश्यक सहयोग नगर्दा थप गाह्रो भएको हो ।

स्थानीय प्रशासनले कुनै राहतसमेत उपलब्ध नगराउंदा हजारौं मानिस विभिन्न संघ संस्थाले सञ्चालन गर्ने मेस र राहतको भरमा बाँची रहेका छन् ।

The post ज्यानमारा निषेधाज्ञा : छाक टार्न नसकेपछि वीरगञ्जमा युवकले गरे आत्महत्या appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया