प्रदेश २ : थप २९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

 प्रदेश २ : थप २९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

प्रदेश २ मा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि भएको छ । सोमवार राति सार्बजनिक गरिएको तथ्यांकअनुसार जम्मा ५ सय ८० जनाको स्वाब परिक्षण गर्दा पर्साका १३, बाराका ९ र रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो ।

थपिएका २९ जनामध्ये २१ जना पुरुष र ८ जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता एवम् चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा नम्बर १ र ५ का १र१ जना, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२, १६ र १३ का १ , १ जना, तराई अस्पतालमा उपचाररत ३ जना, आर्मी ब्यारेकमा एक जना पुरुष, सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का दुई जना, र वीरगञ्ज हेल्थ केयरका ३ जनामा संक्रमण पुष्ठि भएको छ ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ र १६ मा एकरएक जना, बारागढी गाउपालिका वडा नम्बर ६ मा दुई जना, वडा नम्बर ३ र ४ मा एकरएक जना, स्वर्ण गाउपालिका वडा नम्बर ७ मा एक जना र इलाका प्रहरी कार्यालय बारागढीमा कार्यरत एक जनामा संक्रमण देखिएको प्रवक्ता चौरसियाले जानकारी दिए ।

त्यसैगरी रौतहटको गरुडाका ७ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्ठि भएको छ । थपिएका संक्रमितहरु १९ वर्षदेखी ६० वर्ष उमेर समुृहका रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया