बर्दियाको बासगढी नगरपालिका क्षेत्र शिल

 बर्दियाको बासगढी नगरपालिका क्षेत्र शिल

बर्दिया । बर्दियाको बासगढी नगरपालिका क्षेत्र आज विहान सोमबारदेखि पूर्णरूपमा शिल गरिएको छ । बासगढी नगरपालिका क्षेत्रमा रहेको चौधरी ग्रुपको वाईवाई चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ४२ जना कामदारमा कारोना संक्रमण देखिएपछि नगर क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विहानैदेखि नगर क्षेत्र प्रवेश गर्ने सबै नाकामा कडाइ गरिएको छ । पूर्व पश्चिम राजमार्गको बासगढी क्षेत्रमा अत्यावश्यक सवारीसाधन, खाधान्न ढुवानी, तरकारी, फलफुल, एम्बुलेन्स, सुरक्षा निकाय, लामोदुरीबाट आएका निजि सवारीसाधनवाहेक अन्यलाई रोक लगाईएको छ ।

समुदायमा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गरि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरि नगर शिल गरिएको प्रशासनले जनाएको छ । सोमबार २२ गतेदेखि जारी गरिएको निषेधाज्ञा २८ गतेसम्म कायम रहने बताईएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा वाहेक घरवाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

केही दिन अघि वाईवाई चाउचाउ कम्पनीमा कार्यरत दुई जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिग गर्दा आईतबार ४२ जनामा कोरोना देखिएको हो ।
मजदुरहरू दिनभर कारखानामा काम गरेर साझ घर फर्कने गर्थे ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Rajdhani Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया