गाईको मासु सहिँत भारतीय मोटरसाईकल बरामद

 गाईको मासु सहिँत भारतीय मोटरसाईकल बरामद

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट (बी.अाे.पी) भिस्वा बंजारीले गाईकाे मासु सहिँत एक भारतीय माेटरसाईकल बरामद गरेकाे छ ।
सशस्त्र प्रहरीले बिभिन्न स्थानमा चेकजाँच गर्दा छिपहरमाई गाउँपालिका वडा नं.४ बर्वा गाउँबाट १० किलो गाईको मासु र भारतीय नम्बर प्लेटकाे मोटरसाईकल बरामद गरेकाे हाे ।
सशस्त्र प्रहरी निरिक्षक संजिप बानियाको नेतृत्वको टोलीले जगरनाथपुर गाउँबाट मोटरसाईकल लगि रहेको अवस्थामा चेकजाँचका क्रममा गाईको मासु र मोटरसाईकल समेत बरामद गरेकाे हाे ।
प्रहरीले चेक जाँच गरेको देखेर मोटरसाईकल छोडेर माेटरसाईकलमा सवार उनिहरू फरार भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको बि.अार.२२.एफ.४७२१ भारतीय नम्बर प्लेटको मोटरसाईकल र गाईको मासु ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया