पर्सा र बारामा प्रहरी, बैंकरसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

 पर्सा र बारामा प्रहरी, बैंकरसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज २१ भदौं । पर्सा र बारामा कोरोनाभाइरस संक्रमितहरुको संख्या घट-बढ हुने क्रम जारी छ । शनिबार जम्मा ६ जना कोरोना संक्रमित भेटिएको पर्सामा आइतबार संख्या ह्वातै बढेको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणका अनुसार पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा जम्मा २ जना नयाँ संक्रमति भेटिएका छन् ।

अस्पतालले शनिबार अबेरराति गरेको परिक्षणको नतिजा सार्वजनिक गर्दा पर्सा र बारामा ५ महिलासहित
थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालको प्रयोशालामा ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा यति संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन् ।

थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन् ।

त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को तिन जना, वडा नम्बर ९, १५ र २५ का दुई/दुई जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का एक/एक रहेका छन् भने, कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन् । थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन ।

त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको डा. चौरसियाले बताए ।

आइतबार थपिएका संक्रमितमध्ये २३ जनाको सिटि भ्यालु २४ भन्दा माथि रहेको छ भने ३ जनाको २४ भन्दा कम रहेको छ ।

The post पर्सा र बारामा प्रहरी, बैंकरसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया