नेकपा प्रसौनीद्धारा ५३ युनिट रगत संकलन

 नेकपा प्रसौनीद्धारा ५३ युनिट रगत संकलन

लकडाउनको अवधिमा जिल्लाका अस्पतालहरुमा रगतको अभावलाई सहयोग पुर्याउने उदेश्यले नेपाल कम्युनिष्ट पार्टी प््रासौनी गाउपालिका वडा नम्वर ५ र ६ को सयुक्त आयोजनामा आईतवार गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन । पछिल्लो समय पुर्वका अस्पतालहरुमा देखीएको रगत अभावलाई सहयोग पुर्याउने उदेश्यले मिक्लाजुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी प्रसौनी गाउपालिका ५ र ६ को आयोजनामा ब्लड डोर्नस अफ एसोसियसन पर्साको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा क्षेत्र नम्वर ४ का प्रदेश सभा सदस्यको प्रत्यासी उम्मेदवार एव नेकपाका युवा नेता उमेश कुशवाहाले रक्तदान गरि उदघाटन गरेका थिए ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सामाजीक र भौत्तीक दुरीलाई ख्याल गरी उच्च सर्तकता अपनाई रक्तदान कार्यक्रम गरिएको युवा नेता कुशवाहाले जानकारी गराए । रक्तदान कार्यक्रम प्रसौनी वडा नम्वर ६ खुल्ला बजारमा भएको थियो ।

यस बिषम परिस्थितीमा रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नु हुने दाताहरुलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष अनिल श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।

बिशेष अतिथि नेकपा नेता देवनरायण चौधरी, अर्जुन शार्मा, बिनोद पटेल, अमर यादव, रामपाल यादव, उमेश गुप्ता, दिपेन्द्र कुशवाहा, सतोष साह, लाल बाबू मुखिया, राम यादव, सरोज साह, अरबिन्द गुप्ता, सन्देश साह, वडाध्यक्ष बृजकिशोर कुशवाहा लगायत कार्यक्रमा उल्लेख्य मात्रामा नेकपाका गाउँ र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रममा राईजिङ्ग प्रस्टोका युवा क्लब र सेभ आवर हेरिटेज फउन्डेशन संस्थाको सहयोग रहेको थियो । भने जिरजोधन चौधरीले कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई विशेष धन्यवाद दिएका थिए । रक्तसंचार केन्द्रका प्राविधिक धिरेन्द्र झाले प्रविधिकि सहयोग गरेका थिए ।
प्रदेश नम्वर २ अन्र्तगत पर्ने एक मात्र रक्तसंचार केन्द्र विरगजमा रगतको अभाव देखिएपछि नेकपा बारा जिल्ला कमिटिको सल्लाहमा जिल्ला व्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना सुरु गरिएको हो । गत शुक्रवार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परवानिपुर गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित १७६ जनाले रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार

2 Comments

  • Pradipkumarsah

  • बहुत दुःख बा कि हम ना आवे सकनी

तपाइको प्रतिक्रिया