वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

 वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

वीरगञ्ज २० भदौं । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज कोरोनाभाइरस संक्रमणबाट यो दोस्रो मृत्युको घट्ना हो ।

वीरगञ्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा एक जना ७७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो । भदौं १८ गते कोभिड पुष्टिभइ नारायणी वयोधा अस्पतालमा उपचाररत वृद्धलाई परिवारका सदस्यले थप उपचारका लागि काठमाडौँ लाग्ने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घर भएका ७७ वर्षीय पुरुषको शुक्रबार राति काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।

वृद्धमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रसाशकीय अधिकृत विनय श्रीवास्तवले बताए। योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

The post वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४१ पुग्यो appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया