पर्सामा ६ र बारामा १२ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

 पर्सामा ६ र बारामा १२ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज २० भदौं । वीरगञ्जस्थति नारायणी अस्पतालको प्रयोगशालामा ५ सय ८० जनाको थ्रोट स्वाब परिक्षण गर्दा जम्मा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सा र बारा जिल्लाका विभिन्न स्थानबाट संकलन गरी ल्याइएका ५ सय ८० जनाको थ्रोट स्वाबलाई अस्पतालको पिसिआर प्रयोशालामा परिक्षण गर्दा जम्मा १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा ४ महिलासहित पर्साका जम्मा ६ जना छन् भने बारा जिल्लाको १२ जना रहेका छन् ।

पर्सामा थपिएका संक्रमित मध्ये दुई महिला र एक पुरुषगरी ३ जना नबिल बैंक वीरगञ्ज शाखाका कर्मचारी छन् भने पर्सागढी नगरपालिका वडा नम्बर ४ एक महिला र पुरुषगरी दुई जना र वडा नखुलेका नखुलेको एक जनागरी ३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारा जिल्लामा भने नेपाली सेनाका तिन जना र नेपाल प्रहरीका तिन जनासहति १२ जनामा संक्रमण पुष्टि भएको छ । जितपुर आर्मी ब्यारेकका तिन जना पुरुष सैनिक र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत तिन जना प्रहरीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

बारा सिम्रौनगढ नगरपालिकामापनि ६ जना संक्रमित थपिएका छन् । सिम्रौनगढको वडा नम्बर ६ मा तिन जना, वडा नम्बर ८ र १० मा एक/एक जना र वडा खुल्न नसकेका एक जनागरी ६ जनामा कोभिड-१९ पुष्टि भएको डा. चौरसियाले बताए ।

थपिएका संक्रमितमध्ये १० जनाको सिटि भ्यालु २४ भन्दा माथि छ भने ८ जनाको सिटि भ्यालु २४ भन्दा कम रहेको छ । चिकित्सक अनुसार २४ भन्दा कम सिटि भ्यालु भएका संक्रमितहरुले अरुमा संक्रमण सार्ने सम्भावना बढी हुन्छ ।

The post पर्सामा ६ र बारामा १२ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया