निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका रुखको बिवरण लिइदै : ट्याग गर्ने कार्य सुरु

 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका रुखको बिवरण लिइदै : ट्याग गर्ने कार्य सुरु

बारामा बन्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ । विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र बिवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो ।

विमानस्थल निर्माण स्थालमा भएको करिब आठ हजार हेक्टर मध्ये अहिले १९ सय हेक्टर क्षेत्रको गणना गर्न डिभिजन वन कार्यालय बारालाई पत्राचार गरे पछि रुखको गणना र ट्याग गर्ने कार्य सुरु गरेको हो । बिमानस्थल निर्माणको लागि सरकारले छुट्याएको अाठ हजार ४५ हेक्टर भु-भाग मध्ये वन कार्यालय बाराले जि.पि.एस प्रणाली मार्फत पहिलो चरणमा १९ सय हेक्टर भित्र रहेका रुखहरुको गणना गरिरहेको छ ।

१९ सय हेक्टर वन क्षेत्रलाई १२ क्लष्टरमा विभाजन गरी कार्य थालनी गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । पहिलो क्लष्टरको गणना गर्ने कार्य सकिएको डिभिजन वन प्रमुख मंजुर अहमदले बताए । पहिलो क्लष्टरको करिब ९८ हेक्टर क्षेत्रफलमा गणना सकिदा २७ हजार पाँच सय ३३ को संख्यामा पोल र रुख रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

अहिले सम्म ३० हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाई सकेको र जस मध्ये अधिकांश साल प्रजातिका रुखहरु भएको समेत डिभिजन वन कार्यालय बाराले जनाएको छ । वन प्राविधिक सहित १७ जनाको टोलिले करिब एक महिना देखि रुखको गणना गर्ने कार्य गर्दै आई रहेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडी बढाउँन मन्त्रिपरिषद्ले निर्णय गरेमा रुख र पोलको संख्या यकिन गर्न यो तथ्यांक काम लाग्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ । यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा २४ र २५ लाख रुखहरु काटिने भनेर गलत प्रचार भएकोले बास्तव मैं यो क्षेत्र भित्र रुख र पोलको संख्या कति छ भनेर प्रमाणित गर्न गणना सुरु गरिएको हो ।

विमानस्थलको विषय सर्वोच्च अदालतमा बिचाराधिन भएकोले अदालतले पनि रुख र पोलको संख्या कति छ ? भनेर तथ्यांक माँगेकाेमा त्यसका लागि यकिन तथ्यांक दिन काम लाग्ने डिभिजन वन कार्यालय बाराका प्रमुख मंजुर अहमतले बताए । यस अघि विमानस्थल निर्माण क्षेत्रलाई तारवार लगाउँने , पश्चिम तर्फको पसाह खोलामा तटबन्द र मुआव्जा समेत बितरण गरी सकेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल कार्यालय सिमराले जनाएको छ ।

यस विमानस्थल क्षेत्रको चार किल्ला भित्र रहेका रुख , विरुवामा नम्बरिङ्ग, ट्रयागिङ्ग कार्य शुरु गरिएसँगै विमानस्थल बन्ने आशा जगाएको छ । हाल सम्म विमानस्थल निर्माण गरिनु पूर्व तयारीका कार्यका लागि ६७ करोड भन्दा बढी खर्च भई सकेको छ । विमानस्थलको चार किल्ला घेर्न ५४ किलो मिटर लम्वाई तारवार सम्पन्न गर्न चार करोड ४३ लाख खर्च भई सकेको छ , भने ६५ विघा १५ कठ्ठा जग्गा मुआब्जाका लागि ४३ करोड ६४ लाख वितरण गरि सकेको छ ।

यस विमानस्थल निर्माणका लागि यस क्षेत्रको बिच भागवन क्षेत्र भित्र रहेको टाँगियाबस्ती स्थानतरण गर्नु हो । जसमा सात सय ३१ विघा १४ कठ्ठा क्षेत्रफल वनको जमिनमा करिब आठ हजार जनसंख्या बसोवास गर्दै आई रहेका छन् । घरधुरी संख्या भने , १४ सय ७६ रहेको छ ।

यस विमानस्थल निर्माणले यहाँका जनता र मलुकको भाग्य र भविष्य उज्जवल हुँने मात्रै नभई सोझै अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहन्छ । साथै रोजागारीको सिर्जनासँगै आर्थिक समृद्धिका लागि पनि यस कार्यलाई ढिलाई नगरी समयमा शुरु गरि सम्पन्न गर्नु पर्ने आजको अपरिहार्य आवश्यक्ता देखिएको छ ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया