कोरोनाको उच्च जोखिममा बारा : अहिलेसम्म १८ को मृत्यु , १०३४ संक्रमित

 कोरोनाको उच्च जोखिममा बारा : अहिलेसम्म १८ को मृत्यु , १०३४ संक्रमित

कोरोना भाईरस कोभिड-१९ संक्रमितका कारण हालसम्म एक जना बालक, एक महिलासहित बारामा १८ जनाको ज्यान गएको छ ।
ad

पछिल्लो पटक निजगढ नगरपालिका वडा नम्बर ९ का ५८ वर्षका पुरुषको शुक्रवार बिहान करिब ५ बजे मृत्यु भएको छ । बिगत चार वर्ष देखि मृगौलाका विरामी श्रेष्ठलाई सुगर समेत रहेको परिवारले बताएका छन् ।

उनको ३ महिना अघि चितवनमा हर्नियाको अप्रेशन गरिएको थियो । यही भदौ १५ गते सोमवार मृगौलाको उपचारका लागि काठमाण्डौं स्थित सुमेरु अस्पतालमा लगिएको थियो ।

उपचार अघि अस्पतालले गरेको पिसिआर परिक्षणमा बिरामी श्रेष्ठको नतिजा पोजेटिभ आएको थियो । उनको उपचारको क्रममा काठमाण्डौंमा नैं मृत्यु भएको हो ।

कोराना भाईरस संक्रमणको उच्च जोखिममा प्रदेश नं.२ अन्तरर्गतको बारा जिल्ला उच्च जोखिम रहेता पनि बारामा मंगलवारबाट निषेधाज्ञा खुकुलो पारिएको छ ।

यस जिल्लामा एक साता अघि मात्र ७ सय ६६ जना संक्रमित थिए । त्यसको संख्या बढेर अहिले १०३४ जना संक्रमित पुगेका छन् , भने बारा जिल्लामा हाल सम्म ६१ जना आइसोलेशन र ४ सय ७२ जना होम् आइसोलेशनमा रहेको छन् ।

त्यस्तै संक्रमित मुक्त भई शुक्रवार २८ जना घर फर्किएका छन । यो सँगै बारामा ४ सय ८३ संक्रमण मुक्त भईसकेका छन् ।

हाल सम्ममा बारामा जिल्ला भरमा कलैया , जीतपुरसिमरा उपमानगरपालिका , निजगढ नगरपालिकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ ।

बारा जिल्लामा हाल सम्ममा ६५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भईसकेका छन् , भने २८ जना सुरक्षाकर्मी , ५ जना सञ्चारकर्मी रहेका छन् ।

एक साता नबित्दै बारा सदरमुकाम कलैया , निजगढ , जीतपुरसिमरा लगायतका स्थानमा गरि २ सय ६४ जना संक्रमित बढ्नुले पनि बारा जिल्ला उच्च जोखिममा रहेको सहजै अनुमान लगाउँन सकिन्छ ।

नेपाल सरकारले समेत पाँच सय भन्दा बढि संक्रमण रहेको जिल्लालाई पुर्ण रुपमा निषेधित गर्नु पर्ने बताएको छ । बारामा कोरोना जोखिम उच्च रहेको भन्दै स्वास्थ्य कार्यालय बाराले निषेधाज्ञालाई तुरुन्तै कडाईका साथ लागु गर्नु पर्ने जनाएको छ ।

स्वास्थ्य कार्यालय बाराले जिल्लाको सदरमुकाम कलैया लगायत बाराको देवताल गाउँपालिका , पचरौता , सिम्रौनगढ , निजगढ नगरपालिका , जीतपुरसिमरा लगायत स्थान कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले निषेधाज्ञालाई खुकुलो बनाउँदा झन् संक्रमण फैलिने चेतावनी दिएको छ ।

यता, जिल्ला प्रशासन कार्यालय बाराले यसरी कोरोना संक्रमित बढी रहे पनि स्थानीय उद्योग वाणिज्य संघ , होटल व्यवसायी संघ लगायतको आग्रहमा निषेधाज्ञा खुकुलो बनाएको छ ।
जसका कारण कोरोना संक्रमित बढ्ने देखिन्छ ।

संक्रमणको जोखिम उस्तै छ , तैपनि सबैको धारणा सहज बनाऊ भन्ने आयो त्यसैले बिहान १० बजे देखि बेलुकी ४ बजे सम्मलाई सबै व्यवसाय खोल्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।

यसरी कोरोना संक्रमितको संख्या दिनहुँ बढि रहेको बेला जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञालाई खुकुलो बनाउँदा झन् संक्रमण फैलिने देखिएको छ ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया