बाराको कलैया उपमहानगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

 बाराको कलैया उपमहानगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

रञ्जन यादब/
बाराको कलैया उपमहानगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको कोरोना परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता डा.अतुलेस चौरसियाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेमा उपमहानगरपालिका वडा नं.१ का ७ जना , वडा नं.४ का ४ जना ,वडा नं.५ का तीन जना , वडा नं.६ का र्२ जना ,वडा नं.७ का ३ जना ,वडा नं.८ का १ जना ,वडा नं.९ का १ जना ,वडा नं.१० का १ जना,वडा नं.११ का १ जना र वडा नं.१४ का १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ

हिजो मात्र कलैया उपमहानगरपालिकाको ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बारामा अहिलेसम्म १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Sajhedari Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया