निरंजन राम र बिजय रामको हत्याराहरुको कार्यवाहीका लागि दलित अगुवाहरु द्धारा ज्ञापन

 निरंजन राम र बिजय रामको हत्याराहरुको कार्यवाहीका लागि दलित अगुवाहरु द्धारा ज्ञापन

कलैया १८ भदौ रौतहटका युवक निरंजन राम र बिजय रामको हत्याराहरुको कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय बारामा दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन् ।

प्रशासकिय अधिकृत मुरारी कार्कीलाई सो ज्ञापनपत्र बुझाएको हो । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा आएसंगै धर्म निरपेक्ष एवम छुवाछुत मुतm राष्ट्रको समेत घोषना भएको अवस्थामा अहिलेपनि जातिय छुवाछुत तथा भेदभाव जस्ता अमानविय घटनाहरु घटनु निकै दुखद बिषय भएको हुदा दोषीलाई कार्यवाही गर्न विज्ञप्ती मार्फत माँग गरिएको हो ।

देशभरी दलित समुदायका ब्यतिmहरु माथि बिभिन्न बहनामा कुटपिट, लुटपाट, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु सृखलारुपमा घटीरहेको हुदा हामीलाई चिन्नचित तुल्याएको छ ।केहिदिन अधि मात्र रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिसपिटी जिगरियाका दलित युवा निरंजन रामको घाटी रेटी हत्या हुनु एवम सोहि ठाँउका बिजय रामलाई निरंजन हत्यामा आरोपी बनाई प्रहरी हिरासतमा कु्रर, निरदयी अपराधी प्रवृतिमा अनुसंन्धानको नाममा चरम यातना तथा कुपपिट गरि प्रहरीले रामलाई मृत्यूको मुखमा धकेल्ने कामको विज्ञप्ती मार्फत घोर निन्दा एवम भत्र्सना गरेको छ ।

कुटपिट गर्ने गर्ने र गराउनेका लागि निर्देशन दिने रौतहटका प्रहरी उपरिक्षक, गरुडाका तत्कालिन प्रहरी नायव उपरिक्षक सहित अन्य प्रहरीहरुलाई वर्खात गरि घटनाको सुक्षम अनुसंन्धानका लागि उच्च स्तरिय छानविन समिति गठन गर्न माँग गर्दै दोषीलाई हदै सम्मको कार्यवाहि र मृतकका परिवारहरुलाई उचित क्षतिपुर्ती र निरंजन राम, बिजय रामलाई शहिद घोषना गर्न सरकार संग माँग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पछिल्लो समय दलित समुदायहरु माथि हुने बर्बर दमन, हत्या, बलात्कार, कुटपिट, दुरब्यवहार जस्ता घटनाहरु रोक्न सरकारको ध्यानआर्कषन गराउदै दलित समुदायको न्यायका लागि ईलका प्रहरी कार्यालय गरुडा अगाडी पुर्व मन्त्रि विश्वेन्द्र पासवान, राष्ट्रिय सभाका निवर्तमान साँसद रामपृत पासवान र रौतहट जिल्ला निवासी गैर दलित समुदायका ब्यतिm संजय कुसवाहाले थालेको आमरन अनसन प्रति ऐक्वद्धता प्रकट गर्दै रौतहट लगायत देशभरीमा बिजय राम र निरंजन रामको न्यायका लागि भईरहेको आन्दोलनमा पनि सर्मथन रहेको ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउन जानेहरुमा पुव मन्त्रि कलावती पासवान, नेपाल मानव अधिकार संगठन बारा अध्यक्ष सिकेन्द्र पासवान, राष्ट्रिय दलित पत्रकार संघ प्रदेशिक समिति प्रदेश २ का कोषाअध्यक्ष साबित्री शर्मा, बारा अध्यक्ष सागर विश्वकर्मा, दलित नेटवर्क बारा अध्यक्ष रुप नारायण पासवान, दलित महिला संघका अध्यक्ष किसमति देवी राम र कानुन व्यवसायी रामशरण पासवान लगाएतको रहेको थियो । ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय सिह दरवार काठमाडौ, गृह मन्त्रालय र मुख्य मन्त्रिको कार्यालय प्रदेश २ सरकार जनकपुरधाम प्रशासन मार्फत पढाएको हो । ज्ञापनपत्र बुझदै शाखा अधिकृत कार्कीले आजै समबन्धीत निकायमा पढाएने बताउनुभयो ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया