बाराका ९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

 बाराका ९७  वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

वीरगञ्ज १७ भदौं । वीरगञ्जमा फेरी एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमार रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डक हस्पिटलमा पछिल्लो तिन दिनदेखि उपचार गराइरहेका एक ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

मृतक वृद्ध बार जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का वासी हुन् । दिर्घ रोगी वृद्धलाई उच्च रक्तचाँप र मुटु सम्बन्धित रोग हुनकासाथ शरीरमा सोडियमको मात्र पनि कम थियो ।

उनको गएराति १ बजे गण्डकको आइसियू कक्षमा उपचारको क्रममा ज्यान गएको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि वीरगञ्जको तराई हस्पिटलबाट शुक्रबार भर्ना भएका वृद्धमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि आइतबार गण्डकमा सिफ्ट गरिएको थियो । योसँगै बारा जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

The post बाराका ९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया