पर्सामा थपिए १३ कोरोना सङ्क्रमित

 पर्सामा थपिए १३ कोरोना सङ्क्रमित

वीरगञ्ज १७ भदौं । पर्सामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउन सुरुवाट भएदेखि बढ्दै गएको कोरोना सङ्क्रमित थपिने क्रम पछिल्लो समयमा आएर घटेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार राति गरिएको ४ सय ९० जनाको स्वाबको परिक्षणमा जम्मा पर्साका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने बारा जिल्लाको ५० जनामा सङ्क्रमण देखिएको छ ।

नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साको आज थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाका हुन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ विर्तामा दुई जना र वडा नम्बर १२ र १८ मा एक/एक जना सङ्क्रमित थपिएका छन् । त्यसैगरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा पाँच जना, वडा नम्बर ६ मा दुई जना र वडा नम्बर ५ मा एक जनागरी ७ जना सङ्क्रमित भएका छन् । ठेगना नखुलेका अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका एक व्यक्ति पनि कोरोना पोजेटिभ भएको डाक्टर चौरसियाले बताए ।

The post पर्सामा थपिए १३ कोरोना सङ्क्रमित appeared first on Yatra Daily.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Yatra Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया